महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए


भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किएका छन्।

भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

रास्वपाको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ। सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन् भने ९९ सदस्यीय केन्द्रीय समितिका लागि झण्डै ४ सय जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रधानमन्त्री शाह महाधिवेशनको बन्दसत्र तथा निर्वाचन प्रक्रियामा सहभागी भए पनि अन्तिम परिणाम आउनुअघि नै काठमाडौं फर्किएको जनाइएको छ। यद्यपि, उनको फिर्तीको आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

महाधिवेशनमा केन्द्रीय समितिका विभिन्न पदका लागि मतदान र मतगणनाको प्रक्रिया जारी रहेको छ।