इन्दिरा जोशीको स्वरमा बोल्ड डान्स नम्बर ‘सेन्सेशन्’ सार्वजनिक


काठमाडौं – नेपाली संगीतप्रेमीका लागि नयाँ स्वाद लिएर लोकप्रिय गायिका इन्दिरा जोशीको स्वरमा रहेको बोल्ड डान्स नम्बर ‘सेन्सेशन्’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो ‘ट्रिपल ए प्रोडक्सन हाउस’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

गीतकार मनोज खड्काको शब्द रहेको यस गीतमा इन्दिरा जोशीलाई गायक रामकृष्ण ढकालले स्वरमा साथ दिएका छन्। गीतमा कल्याण सिंहको संगीत रहेको छ भने संगीत संयोजन (एरेन्ज) गोपाल रसाइलीले गरेका छन्। साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ महेश्वर राजभण्डारीले गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित डान्सर आश्मा विश्वकर्मा र रोशन विश्वकर्माको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने कोरियोग्राफी सुनिता पोखरेलको रहेको छ।

उत्सव दाहाल र उनको टिमले छायाङ्कन गरेको भिडियोको सम्पादन तथा रङ संयोजन डिन्सन शाहले गरेका छन्। भिडियोमा दिपेन गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर, आशा गौतम कस्ट्युम डिजाइनर तथा सुभाष तिमल्सिना मेकअप आर्टिस्टका रूपमा आबद्ध छन्। यसैगरी, फोटोग्राफीको जिम्मेवारी राजीव श्रेष्ठले सम्हालेका छन्।

दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ तयार पारिएको ‘सेन्सेशन्’ ले संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमले गरेको छ।