काठमाडौं । २०२६ को फिफा विश्वकपको राउन्ड अफ १६ मा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
रोमाञ्चक प्रतिस्पर्धामा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दोस्रो हाफको ७९औँ र ९०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि अनुभवी फरवार्ड नेमारले इन्जुरी समय (९०+३) मा पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस हारसँगै ब्राजिलको २०२६ विश्वकप यात्रा राउन्ड अफ १६ मै समाप्त भएको छ भने नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्दै नयाँ इतिहास रचेको छ।
हालान्डको उत्कृष्ट प्रदर्शनले नर्वेलाई उपाधिको बलियो दाबेदारका रूपमा स्थापित गरेको छ। उता पाँच पटकको विश्वविजेता ब्राजिलका लागि भने यो हार विश्वकप अभियानको अप्रत्याशित र पीडादायी अन्त्य बनेको छ।

















प्रतिक्रिया