काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको निधन भएको थियो। निधनपछि माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको परिवारले आइतबार सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि शव बुझेको हो। सहमतिपछि पोस्टमार्टमसहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि गरिएको छ।

















प्रतिक्रिया