काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजु पाण्डेले सांसद ज्ञानेन्द्र शाहीलाई आफ्नो पद र जिम्मेवारीको मर्यादा कायम राख्दै अभिव्यक्ति दिन आग्रह गरेका छन्।पाण्डेले सामाजिक सञ्जालमार्फत शाहीलाई सम्बोधन गर्दै नेपाल जनताको संघर्ष र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नु भन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है। नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो।” पाण्डेले विचार राख्ने अधिकार सबैलाई भए पनि देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी भएको बताएका छन्।

















प्रतिक्रिया