उज्वेकिस्तानसँग पनि पराजित, नेपाल जितविहीन हुँदै समूहचरणबाट बाहिरियो


काठमाडौँ । नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा जितविहीन बनेको छ। सोमबार समूह चरणको आफ्नो पाँचौं तथा अन्तिम खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट समूहचरणमै बाहिरिएको हो।

पाकिस्तानको इस्लामावादमा भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २४–२६, २०–२५ र २२–२५ को सेटमा हार बेहोरेको थियो। नेपालले यसअघि पाकिस्तानसँग पनि सोझो सेटमा पराजय भोगेको थियो भने बंगलादेश, श्रीलंका र काजकस्तानसँग पाँच सेटसम्म पुगेका प्रतिस्पर्धात्मक खेलमा पनि हार व्यहोरेको थियो। लगातार पाँचै खेल गुमाएसँगै नेपालले प्रतियोगितामा जितविहीन यात्रा टुंग्याएको छ।