अर्थमन्त्री स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग आज छलफल गर्दै


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्नुहुने भएको छ।बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, वित्तीय क्षेत्रको भूमिका तथा वर्तमान वित्तीय बजारको अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले सिइओहरूलाई मन्त्रालयमा बोलाउनुभएको हो।

आज दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ। छलफलमा बैंकिङ क्षेत्रमा देखिएका चुनौती, कर्जा प्रवाह, लगानी विस्तार, निजी क्षेत्रको विश्वास अभिवृद्धि तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा समेत विचार–विमर्श हुने अपेक्षा गरिएको छ।