काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२०’ सिरिज खेल्न जाने नेपाल ‘ए’ क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गरी १५ सदस्यीय टोलीलाई बिदाइ गरेको हो। अस्ट्रेलियाको डार्विनमा अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ले सहभागिता जनाउनेछ।
नेपाल ‘ए’ले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्नेछ। टोलीले अगस्ट २१ मा एनटी स्ट्राइकसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्। टप एन्ड टी–२० सिरिजपछि पनि नेपाली टोली अस्ट्रेलियामै रहनेछ। त्यस क्रममा साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’सँग त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा सहभागी हुने कार्यक्रम रहेको छ।





















प्रतिक्रिया