एक साताका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक


काठमाडौं । राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबारको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

अध्यक्ष नारायण दाहालले अर्को बैठक भदौ १६ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।