‘चमेलीको पोइ’को दोस्रो गीत ‘माया मान्छौ र..’ सार्वजनिक


काठमाडौं – निर्देशक एभरेष्ट सूर्य बोहराको प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को दोस्रो गीत ‘माया मान्छौ र..’ सार्वजनिक भएको छ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा आशिष अविरलको संगीत, एकनारायण भण्डारीको शब्द तथा मेलिना राई र आशिष अविरलको स्वर रहेको छ। गीतमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर्ड छन्।

मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। यसअघि सार्वजनिक फिल्मको शीर्ष गीत ‘ओइ ओइ चमेली’ ले चर्चा बटुलिरहेको छ।

असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झासहितका कलाकारको अभिनय छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।