काठमाडौं । फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री काफिया शाहीको आकर्षक नृत्य तथा ब्रेकडान्स प्रस्तुत गरिएको छ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको छ। गीतको भिडियोमा समीर र काफियाको केमेस्ट्रीसँगै आकर्षक नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म ‘१२ गाउँ २’ आगामी असोज ३० गते, फूलपातीको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा छ।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन्। फिल्ममा महेश पौडेलको छायांकन रहेको छ भने सरस्वती भट्ट लगानीकर्ताको रूपमा रहेकी छन्।
फिल्ममा समीर भट्ट र काफिया शाहीसँगै विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ।
यसै फिल्मबाट काफिया शाही र वर्षा इटनीले नेपाली फिल्म अभिनयमा डेब्यू गर्दैछन्। दशैंको फूलपातीमा प्रदर्शन हुने भएकाले ‘१२ गाउँ २’लाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ।


















प्रतिक्रिया