काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीन सरकारले नेपाललाई १ करोड १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चिनियाँ राजदूत चाङले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बताए।
सहयोगका लागि धन्यवाद दिँदै मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय तथा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।



















प्रतिक्रिया