प्रतिनिधिसभाले पारित गर्‍यो राष्ट्रिय सेवा दल विधेयक


काठमाडौँ । प्रतिनिधिसभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो। विधेयक सर्वसम्मतिले पारित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरेका थिए।

समितिको प्रतिवेदनमाथि सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जवाफ दिएकी थिइन्।

विधेयक पारित गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।