काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधि बिक्री–वितरण नगर्न तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।
परिषद्ले क्यान्सर, पाइल्सलगायत जटिल रोग शतप्रतिशत निको पार्ने तथा निको नभए पैसा फिर्ता गर्ने जस्ता दाबी गर्दै औषधिको प्रचार भइरहेकोप्रति ध्यानाकर्षण जनाएको हो ।
यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रममा पार्ने भन्दै परिषद्ले कानुनविपरीत भइरहेका विज्ञापन तथा प्रचारप्रसार १५ दिनभित्र बन्द गर्न वा गराउन अनुरोध गरेको छ ।
परिषद्को सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।



















प्रतिक्रिया