काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यातायात क्षेत्रमा देखिएका विकृति र चालकको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरमा चालक र ट्राफिक प्रहरीबीच भएको विवादपछि बसमा आगलागी र चालक अर्जुन दोङको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दुलालले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरे । उनले यातायात मजदुर तथा चालकको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष पूर्ण रूपमा लागू गर्न र चालक अनुमतिपत्र वितरण प्रणालीलाई वैज्ञानिक तथा पारदर्शी बनाउनुपर्ने बताए ।
त्यस्तै, ट्राफिक प्रहरी र चालकबीचको सम्बन्ध मर्यादित र अनुशासित बनाउन आवश्यक परे काउन्सिलिङको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘चालकहरूले असुरक्षित महसुस गरिरहेका छन्,’ दुलालले भने, ‘सरकार केवल मूकदर्शक बन्ने होइन, मजदुरहरूको सुरक्षाका लागि तत्काल ठोस पहल गर्नुपर्छ ।’



















प्रतिक्रिया