काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे न्यूयोर्क प्रस्थान गर्दैछन् । आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ । त्यस अवधिमा वाग्लेले सरकारको दैनिक कार्यसम्पादन सम्हाल्नेछन् ।



















प्रतिक्रिया