काठमाडौँ । मौसम प्रतिकूल हुने भएपछि जनमत पार्टीले आफ्नो महाधिवेशनको मिति सारेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशन असोज १० गतेबाट सारेर असोज १७ गते गर्ने निर्णय गरेको हो। यसअघि वीरगन्जमा असोज १० गते महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको थियो।
मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै महाधिवेशन सार्ने निर्णय गरिएको जनमत पार्टीले जनाएको छ। महाधिवेशनका लागि यसअघि पूरा भइसकेका अन्य तयारी तथा प्रक्रियाहरू भने यथावत् रहने बताइएको छ।
महाधिवेशनबाट पार्टी अध्यक्षमा डा. सिके राउत सर्वसम्मत चयन भइसकेका छन्। अन्य पदका लागि भने निर्वाचन हुने जनमत पार्टीले जनाएको छ।



















प्रतिक्रिया