बागलुङमा पहिरोमा पुरिँदा चार जनाको मृ-त्यु


बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा पुरिएर स्थानीय श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो।

पहिरोमा पुरिएका उनीहरूको शव उद्धार गर्ने क्रममा केहीबेरअघि तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ। एक जनाको शव निकाल्ने कार्यसमेत भइरहेको जनाइएको छ।

निरन्तरको वर्षासँगै पहिरो खसेपछि उनीहरू पुरिएका हुन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।