कांग्रेस महाधिवेशन दुई दिनपछि सर्‍यो, अब असोज १८ गतेदेखि हुने


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ। यसअघि असोज १६ गते हुने भनिएको उद्घाटन समारोह अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।