महामन्त्री (महिलातर्फ) पदमा डिला संग्रौलाको दाबी, उम्मेदवारी दर्ता


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डिला संग्रौलाले महामन्त्री (महिलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

संग्रौलाले मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर महामन्त्री (महिलातर्फ) पदका लागि आफ्नो मनोनयन दर्ता गराएकी हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंगलबार दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। सोहीअनुसार सभापति, उपसभापति, महामन्त्रीलगायत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि नेताहरूले निर्धारित समयभित्र आ–आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन्।