काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर रिजालले खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। निर्धारित समयभित्र सभापति, उपसभापति, महामन्त्रीलगायत पदमा नेताहरूले मनोनयन दर्ता गराइरहेका छन्।






















प्रतिक्रिया