काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर भट्टराईले खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनले महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत निर्धारित समयमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।






















प्रतिक्रिया