कुपण्डोलमा हावाहुरीको असर, रुख ढलेपछि सडक अवरुद्ध


काठमाडौँ । ललितपुरको कुपण्डोलमा वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेपछि ललितपुर–काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ।

रुख सडकमा ढलेपछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। रुखका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सवारीसाधन सञ्चालनमा कठिनाइ भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर सडकमा ढलेको रुख पन्छाउने काम गरिरहेको छ।

उनले अवरोध हटाएर सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। वर्षा र हावाहुरीका कारण उपत्यकाका अन्य स्थानमा समेत सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।