काठमाडौं । विद्यार्थीहरूलाई प्रतिभाशाली, सिर्जनशील र व्यावहारिक ज्ञानमा दक्ष बनाउने उद्देश्यले मनास्लु ओल्ड कलेजमा दोस्रो पटक फुड फेस्टिभल आयोजना गरिएको छ। आज आयोजित कार्यक्रममा विद्यार्थीहरू उत्साह र उमङ्गका साथ सहभागी भएका थिए।

पढाइसँगै व्यावहारिक सीप र अनुभवलाई प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको फुड फेस्टिभलमा विद्यार्थीहरूले विभिन्न परिकार तयार पार्ने, प्रस्तुत गर्ने तथा व्यवस्थापनसम्बन्धी सीप सिक्ने अवसर पाएका थिए।

किताबी ज्ञानलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रमले उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र समूहमा मिलेर काम गर्ने सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

फुड फेस्टिभलमा सहभागी विद्यार्थीहरू निकै खुसी देखिएका थिए। खानाका विभिन्न परिकार, विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहपूर्ण वातावरणले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

मनास्लु ओल्ड कलेजले दोस्रो पटक आयोजना गरेको यस फुड फेस्टिभलले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने प्रयासलाई निरन्तरता दिएको छ।

















प्रतिक्रिया