श्यामकृष्ण खड्कीभन्दा १७ गुणा बढी मत ल्याउँदै गगन थापा सभापतिमा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा ५४ मत बदर भएको छ।

मतगणना राति १ बजे सुरु भएर बिहान ४:३० बजे सम्पन्न भएको थियो। अन्तिम मतपरिणामअनुसार थापा सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूलाई शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। उक्त छलफलपछि पदाधिकारी पदहरूको मतगणना सुरु गरिने जनाइएको छ।