काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन्।
उनको सचिवालयका अनुसार सभापति थापा दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा उपस्थित हुनेछन्। सो अवसरमा उनले पत्रकारहरूसँग कुराकानी गर्ने कार्यक्रमसमेत रहेको छ।
गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका थिए। सभापतिमा निर्वाचित भएपछि थापाको पार्टी कार्यालयमा हुने पहिलो उपस्थितिलाई कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र पार्टीको भावी कार्ययोजनाका विषयमा चासोका साथ हेरिएको छ। पत्रकारहरूसँगको कुराकानीमा उनले के धारणा राख्छन् भन्ने विषयमा पनि चासो बढेको छ।

















प्रतिक्रिया