काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। पछिल्लो मतपरिणामअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो स्थानमा छन् भने इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र ई. मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्। प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, ई. अमृत ज्ञावलीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन्।
सन्दीप रानाले २ हजार ५१५, ई. नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिन कृष्ण महर्जनले २ हजार ३३४ मत पाएका छन्।
मतगणनाको पछिल्लो विवरणमा बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, ई. ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र ई. दीपक बाबु कँडेलले २ हजार १६८ मत प्राप्त गरेका छन्।
त्यसैगरी, किरण केसीले २ हजार १३२, उज्ज्वलप्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३ र महेन्द्रकुमार शर्माले २ हजार १२ मत पाएका छन्। मदनकृष्ण श्रेष्ठले १ हजार ९९४ तथा डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९७९ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारको मत पनि गणना भइरहेको छ। खुला केन्द्रीय सदस्यका लागि ४५ जना निर्वाचित हुने भएकाले अन्तिम मतपरिणामपछि मात्रै निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ।
हाल सार्वजनिक मतपरिणाम मतगणना जारी रहँदाको विवरण हो।
















प्रतिक्रिया