नेपाली बजारमा सुनचाँदीको मूल्यमा पहिरो, एकैदिन ठूलो गिरावट


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज १० ग्राम सुनको मूल्य २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदी ३ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ।