आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।

यससँगै आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ थियो। शुक्रबार मात्रै सुनको भाउ प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले घटेको छ। मूल्य घटेसँगै चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।