नेपाललाई भारतको २ खर्ब ४० अर्ब विकास सहायता घोषणा


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पूर्वाधार विकास, विपद् पुनर्निर्माण तथा आर्थिक सहकार्यका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विशेष विकास सहायता प्याकेज घोषणा गरेका छन् ।

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र मोदीबीच भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहायता घोषणा गरिएको हो ।

नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र ठूला पूर्वाधार विकासका लागि आर्थिक सहयोग प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार भारतले अनुदान र सहुलियतपूर्ण ऋण समेटिएको सहायता प्याकेज उपलब्ध गराउने जनाएको छ ।

उक्त रकम विपद् पुनर्निर्माण, ऊर्जा तथा प्रसारण लाइन, सडक र रेल कनेक्टिभिटी, डिजिटल पूर्वाधार तथा प्रविधिको क्षेत्रमा उपयोग गरिने जनाइएको छ ।