भारतको मध्यप्रदेशमा दुई घरमा भीषण आगलागी, १२ जनाको ज्यान गयो


नयाँदिल्ली। बरही, विजयराघवगढ, कैमोर र कटनी नगर निगमका दमकल टोलीले आगो नियन्त्रण तथा उद्धार कार्य सञ्चालन गरेका थिए।

त्यसैगरी, मध्यप्रदेशकै सिवनी जिल्लास्थित छपारा नगरको महावीर वार्डअन्तर्गत जैन मोहल्लामा सोमबार बिहान करिब ३ बजे अर्को भीषण आगलागी भएको थियो। सुनचाँदी व्यवसायी कुन्दन सोनीको घरमा सबैजना सुतिरहेका बेला अचानक आगो लागेको थियो।

आगलागीमा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। लखनादौनका एसडीओपी अपूर्व भलावीका अनुसार घटनाका बेला घरमा १० जना उपस्थित थिए। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने चार जनालाई सुरक्षित उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी, दमकल तथा एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए। स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो।

मध्यप्रदेशमा एउटै रात भएका दुई भीषण आगलागीका घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। दुवै घरमा आगलागी हुनुको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।