काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज सोमबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन्।
त्यसैगरी, आजको दोस्रो खेलमा साँझ ५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल पनि दुवै टोलीका लागि अंकतालिकामा सुधार गर्दै प्लेअफ यात्रालाई बलियो बनाउने अवसरका रूपमा रहेको छ।
एनपीएलको लिग चरणका खेलहरू निर्णायक चरणतर्फ अघि बढ्दै गर्दा प्रत्येक टोलीका लागि बाँकी खेलको नतिजा महत्त्वपूर्ण बन्दै गएको छ। त्यसैले आजका दुवै खेलले प्लेअफको समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपाल क्रिकेटप्रेमीहरूका लागि आजको डबल हेडर थप रोमाञ्चक बन्ने देखिएको छ।
आजका खेलहरू:
दिउँसो १२ः३० बजे : पोखरा एभेन्जर्स 🆚 कर्णाली याक्स
साँझ ५ः०० बजे : चितवन राइनोज 🆚 काठमाडौं गोर्खाज

















प्रतिक्रिया