काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्नलाई कानुनी दायरामा ल्याउन र दण्ड सजायलाई थप प्रभावकारी बनाउन सरकारले संशोधन विधेयक ल्याएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ अघि बढाएको हो।
मंगलबार प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विधेयकबारे जानकारी दिँदै जबर्जस्ती श्रममा लगाउने र बालबालिकालाई नियन्त्रणमा लिने कार्यलाई समेत कसुर कायम गर्ने प्रस्ताव गरिएको बताए।
विधेयकमा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय सीमा तथा विमानस्थलमा निगरानी बढाउने र विदेशी पीडितलाई कूटनीतिक समन्वयमा स्वदेश फर्काउने व्यवस्था प्रस्ताव गरिएको छ। समिति सदस्यहरूले साइबर अपराध, बाल यौन हिंसा र श्रम शोषण नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

















प्रतिक्रिया