काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक दलमा आबद्ध आफ्ना पदाधिकारी तथा सदस्यलाई सात दिनभित्र राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको छ।
महासचिव डा. चिरञ्जीवी खड्काले परिपत्र जारी गर्दै राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी तथा कार्यकारी सदस्यका रूपमा रहेका व्यक्तिलाई पद वा सदस्यता छाड्न भनेका हुन्।
संघले सात दिनभित्र राजनीतिक आबद्धता त्यागेको आधिकारिक प्रमाण सचिवालयमा बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र प्रमाण नबुझाए वा विधानविपरीत कार्य गरेको पाइए विधान र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
एनआरएनएले आफू गैरराजनीतिक संस्था भएकाले पदाधिकारी तथा सदस्यको राजनीतिक आबद्धता संस्थाको विधानविपरीत हुने जनाएको छ। राजनीतिक दलमा आबद्ध सदस्यबारे उजुरी तथा गुनासा आएपछि यस्तो निर्णय गरिएको संघले जनाएको छ।

















प्रतिक्रिया