काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन्।
भ्रमणका क्रममा दुई देशबीच हवाई, सडक तथा रेल कनेक्टिभिटी विस्तार, विकास सहायता, ऊर्जा पूर्वाधार र पर्यटन प्रवर्द्धनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, जयनगर–जनकपुर रेलसेवा बर्दिबाससम्म विस्तार गर्ने तथा रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावनालगायत विषय प्राथमिकतामा रहनेछन्।
त्यस्तै, भारतीय सहयोगमा सञ्चालित आयोजनाको समीक्षा, निर्माणाधीन परियोजना शीघ्र सम्पन्न गर्ने, नयाँ विकास आयोजना अघि बढाउने र विपद्पछिको पुनर्निर्माणमा सहयोग बढाउने विषयमा पनि छलफल हुनेछ।
प्रधानमन्त्री बनेपछि शाहको यो छिमेकी मुलुक भारतको पहिलो औपचारिक भ्रमण हो।

















प्रतिक्रिया