मोरङ । मोरङको मिक्लाजुङमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ३ हजार ५०० जना लाभान्वित भएका छन्। शिविरमा २७५ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ।
मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा मिक्लाजुङ आधारभूत अस्पतालमा कात्तिक २८ देखि मंसिर १ गतेसम्म शिविर सञ्चालन गरिएको थियो।
शिविरमा मिक्लाजुङसहित उत्तरी मोरङ, इलाम र झापाका बिरामीले सेवा लिएका थिए। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टोलीले सेवा दिएको शिविरबाट स्थानीयस्तरमै निःशुल्क आँखा परीक्षण तथा शल्यक्रियाको सुविधा पाएपछि सर्वसाधारणलाई ठूलो राहत मिलेको छ।

















प्रतिक्रिया