काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले प्रतिशोध साँधेर आफू वा पार्टीका कार्यकर्तालाई पक्राउ गर्न खोजे देशभरबाट लाखौँ कार्यकर्ता सडकमा उतार्ने चेतावनी दिए।
आफू पक्राउ पर्दा विरोधमा सडकमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै उनले धेरै कार्यकर्ता घाइते भएको र कतिपय अझै ह्विलचेयर तथा वैशाखीको सहारामा हिँड्नुपरेको बताए।
शान्तिपूर्ण रूपमा सडकमा उत्रिन पाउने अधिकारमाथि हस्तक्षेप गरिएको भन्दै ओलीले अब पनि कार्यकर्तामाथि निर्मम प्रहार भए एमाले चुप लागेर नबस्ने चेतावनी दिए।
‘केही हजारका दरले निस्किएका थियौँ, अब लाखका दरले हरेक ठाउँमा निस्किनेछौँ,’ ओलीले भने।

















प्रतिक्रिया