जनकपुर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्ने अभियान सुरु भइसकेको बताएका छन् ।
उनले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण तथा व्यवस्थापन गरिने जानकारी दिँदै यसका लागि बजेटको अभाव हुन नदिने बताए ।
चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले आगामी चैत–वैशाखसम्म सहरमा उल्लेखनीय परिवर्तन देखिने दाबी गरे ।
त्यस्तै, विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन आवश्यक बजेट व्यवस्थापनबारे छलफल भइरहेको र पर्यटन बोर्डमार्फत समेत सहयोग जुटाउन सकिने उनले बताए ।

















प्रतिक्रिया