बालेन–मोदी भेट छोटो भए पनि महत्त्वपूर्ण हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता छोटो भए पनि महत्त्वपूर्ण हुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रहितलाई केन्द्रमा राखेर दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुधारका विषयमा महत्त्वपूर्ण छलफल हुने बताए । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले तीव्र रूपमा गरिरहेको पनि उनले जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले मन्त्रिपरिषद् बैठकमा संसद् अधिवेशन आह्वान र अन्य अध्यादेश ल्याउने विषयमा भने कुनै निर्णय नभएको स्पष्ट पारे ।