काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन उपहार दिएका छन् ।
सोमबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा राखेर रुद्राक्षको माला र पशुपतिनाथ मन्दिरको चन्दन हस्तान्तरण गरेका हुन् ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई विशेष घडामा राखिएको गङ्गाजल उपहार दिएका छन् । उपहार आदानप्रदानपछि दुई नेताबीच द्विपक्षीय भेटवार्ता सुरु भएको थियो ।

















प्रतिक्रिया