काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले जनताका समस्या राख्न निर्वाचित सांसदसँग सम्पर्क गर्न पनि इन्टरनेट आवश्यक पर्ने अवस्थाप्रति असन्तुष्टि जनाएकी छन् ।
एउटा जनसरोकारको विषयमा सांसद केपी खनाललाई फोन गर्दा उनका स्वकीय सचिवले फोन उठाएर ह्वाट्सएपमार्फत कल गर्न भनेको आशिकाले बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै उनले भनिन्, ‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न र संवाद गर्न इन्टरनेट चाहिने रहेछ भने सामान्य मोबाइल मात्रै चलाउने सर्वसाधारण नागरिक, गरिब तथा निमुखा जनताले आफ्ना नेतासम्म कसरी गुनासो पुर्याउन सक्छन्?’
सांसद जनताप्रति सहज रूपमा उपलब्ध हुनुपर्ने उल्लेख गर्दै उनले सर्वसाधारणका गुनासा र समस्या सुनुवाइका लागि सहज सम्पर्कको व्यवस्था हुनुपर्ने आशय व्यक्त गरेकी छन् ।

















प्रतिक्रिया