Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा सुन तस्करीबारे गृहमन्त्रीले गरे यस्तो नयाँ खुलासा


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीबारे नयाँ खुलासा गरेका छन् ।आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दे थापाले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको बताएका छन् ।

उनले भने, ‘सुनवाला माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका छन् । आशा गरौँ ठूला माछा पनि पर्नेछ, पर्नुपर्छ । त्यस्तै थापाले सरकारले सुशासनका लागि ठोस कदम चालिरहेको बताउदै ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक रहेको उल्लेख गरेका छन् ।

गुण्डा र डन निस्तेज गर्न गृहले ठोस योजना अघि सारेको भन्दै आफ्नो मन्त्रालयले सम्पन्न गरेको कार्यहरु प्रस्तुत गर्दै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरेको बताए ।