शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा ! चम्कियो भाग्य


अहिलेको समयमा इमान्दा खोजेर पनि पाइदैन । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ । यस्तै अमेरिकाको एक घटनामा अचम्मको कुरा बाहिरिएको छ । सेन्ट्रल मिशिगन बस्दै आएका ५० वर्षीय हाबर्ड किर्बीले छुट्टै प्रकारको इमानदारिताको एक नमूना प्रस्तुत गरेका छन् ।

खासगरी उनले केही दिन पहिले एक सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट एक पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरुको होस नै उड्यो । उक्त सुटकेसभित्र ४० लाख रुपैयाँ भन्दा बढी रकम थियो । मिडिया रिपोर्ट अनुसार सुरुमा परिवारलाई यति धेरै मोटो रकम देखेपछि त्यसलाई के गर्ने भनेर निर्णय लिन सकेनन् ।

हाबर्डले सोँचे कि उक्त पैसाले आफ्नो घरको ऋण तिरेर रिटायरमेन्ट लिएर राम्रो जीवन बिताउन सकिन्छ । उनले आफ्नो वकीललाई उक्त घटना सुनाए । वकीलले त्यो रकम आफूसँगै राख्न सल्लाह दिँदै त्यो रकमविरुद्ध कुनै कानुनी कारबाही नहुने पनि बताए । तर हाबर्डले त्यो पैसालाई उसको मालिकलाई फिर्ता गर्ने निस्कर्षमा पुगे ।