सरकारले नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश १ मा कार्यरत डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
आईजीपी सर्वेन्द्र खनालसहित ३ एआईजी र १९ डीआईजीले मंगलबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । ज्ञवाली ०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
३० वर्षे सेवाहदका कारण उनको आईजीपीको कार्यकाल ५ महिनाको मात्रै हुनेछ । उनको प्रतिस्पर्धीका रुपमा डीआईजी तारणी लम्साल थिए । डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहनपरिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिन्छ














प्रतिक्रिया