बिहानै उठेर यी काम गर्नुहोस् घरमा आउँछ सुख र समृद्धि ! जानी राखौ


घरमा सुख र समृद्धिका लागि मानिसहरू के के मात्र गर्दैनन् । केही मानिस यसका लागि वास्तु टिप्स अपनाउँछन् । तर, पनि घरमा अशान्तिको माहोल कायमै रहन्छ ।

घरमा अशान्ति यसकारण हुन्छ कि तपाईको बिहानीको सुरुवात नै गलत ढंगले हुने गर्छ । बिहान उठ्नेवित्तिकै के के गर्ने भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ ।

वास्तुका हिसाबले बिहान उठ्नेवित्तिकै के गर्ने ?

आमाबाबुको खुट्टा ढोग्ने : वास्तुशास्त्रका अनुसार बिहान उठ्नेवित्तिकै आमाबाबुको खुट्टा ढोग्नुपर्छ । बिहान उठ्नासाथ आमाबाबुलाई हातको रेखा हेरेर भगवानलाई सम्झिनुपर्छ । यसले घरमा सकारात्मक माहोल र आत्मविश्वास बढाउँछ ।

तुलसीलाई पानी चढाउनु : बिहान उठेपछि तुलसीलाई पानी चढाउनुपर्छ । यसले घरमा सकारात्मक ऊर्जा र शान्ति तथा धन प्राप्त हुन्छ ।

घरमा दियो बाल्नु : बिहान घरमा दियो बाल्नाले सकारात्मक ऊर्जाले बास गर्छ । यसबाट पैसाको समस्या हटाउँछ । यसका साथै घरका महिलाले बिहान बिहानै मूल ढोकामा पानी भरिएको घडा राखेमा लक्ष्मीले बास गर्छन् ।

बिहानै घर बाहिर रंगोली बनाउने : बिहान घर बाहिर रंगोली बनाउनाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ । यस्तो पनि मान्यता छ कि देवी लक्ष्मी र अन्य देवीदेवता घरमा आकर्षित हुन्छन् ।

वास्तुको हिसावले बिहान के गर्नु हुँदैन ?

बिहानै ऐना नहेर्नुस् : केही मान्छेको बानी नै हुन्छ बिहान उठ्नेवित्तिकै ऐना हेर्ने, यो गलत हो । बिहान उठ्नेवित्तिकै ऐना हेर्नु वास्तुशास्त्रका अनुसार गलत हो । यसले घरमा नकारात्मक ऊर्जा सञ्चार हुन्छ ।

अर्को व्यक्तिको मुख हेर्नु : बिहान उठ्नेवित्तिकै कुनै अर्को व्यक्तिको मुख हेर्नु हुँदैन । यदि त्यसो गरेमा त्यो व्यक्तिको नकारात्मक ऊर्जा तपाईमा आउँछ ।

झैझगडा गर्नु: दिनको सुरुवात हमेशा सकारात्मक सोचका साथ गर्नुपर्छ । त्यसैले बिहान उठ्नेवित्तिकै आपसी मनमुटाव झैझगडा गर्नु हुँदैन ।

कुनै जनावरको नाम लिनु : बिहानको खाना खानुअघि कुनै जनावरको नाम लिनु हुँदैन । वास्तुका अनुसार यसो गर्नु अशुभ मानिन्छ ।

टिभी हेर्ने र अखबार पढ्ने : अधिकांश मानिस बिहान उठ्नेवित्तिकै टिभी हेर्ने र पत्रपत्रिका पढ्ने गर्छन । वास्तुका अनुसार यसो गर्दा नकारात्मक ऊर्जा प्राप्त हुनछ र यसले दिमागमा नकारात्मक प्रभाव पार्छ ।