दोलखा भीमसेनको शिलामा पसिना आयो ! भक्तजनको घुइचो, देशमा अनिष्टको संकेत – जानी राखौ


दोलखाको प्रसिद्ध भीमेस्वर मन्दिरको शिलामा पसिना आएको छ । बिहिबार बिहान पौने ६ बजे देखि भीमेस्वर मन्दिरमा रहेको शिलामा पसिना आएको गुठि तथा व्यवस्थापन समितिका कोषअध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिए । भीमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीय भेला भएका छन् । भीमसेनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा र नगरा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई पँखाले हम्किने चलन छ ।

भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राष्ट्र, राष्ट्रप्रमुख, सरकारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ । शिलामा पसिना आएको ६ महिना भित्र केहि न केही देशमा ठुला घटनाहरु भएको दावी गरिदै आएको छ । भिमसेनको शिलामा पहिलो पटक १९९० सालमा पसिना आएको थियो त्यस पटक भिमसेनको वायाँतर्फ पसिना आएकोले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षेति भएको स्थानीयहरू बताउछन ।

त्यसैगरी २०३५ साल फाल्गुणमा पसिना आउदा देशमा जनमत सग्रह भएको थियो । २०४५ साल चैत्रमा पसिना आउदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भइ देशमा बहुदलिय प्रजातन्त्र आएको थियो ।

२०५७ सालमा भने माघ १ र १५ गते भिमसेनलाई पसिना आएको थियो यसरी पसिना आएको ४ महिना नवित्दै दरवार हत्या काण्ड हुन भएको थियो ।

त्यसैगरी २०६१ साल फाल्गुणमा भिमसेनलाई पसिना आउदा देशमा जन आन्दोलन भयो । २०६३ सालमा पनि भिमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रीक व्यवस्था स्थापना भएको थियो । यस अघि २०७१ साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक पसिना आएको थियो । भिमसेनलाई पसिना आएको पछिल्लो बर्ष अर्थात २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएर करिव ९ हजार मानिसको मृत्यु भएको थियो ।