अत्यन्तै भयानक दुर्घटना : ३० जनाको मृत्यु !


फेरी अर्को दुखद खबर बेहोर्नु परेको छ । अत्यन्तै भयानक दुर्घटनामा ३० जना मानिसले ज्यान गुमाएका छ । यो दुर्घटनाबाट अहिल पाकिस्तान शोकमा डुबेको छ । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको हो ।

शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका अनुसार घाइते १५ को उपचारको क्रममा मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताउनु भएको छ ।

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।