ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने


काठमाडौँ । बाढीका कारण एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीयऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट विद्युत् पूर्वाधारमा भएको क्षति, मानवीय क्षति तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा मन्त्री श्रेष्ठले संसद्लाई जानकारी गराउनेछन्।

बाढीका कारण एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षति भएको छ। घटनापछि ऊर्जा मन्त्रालयले गरेका काम तथा आगामी कार्ययोजनाबारे पनि मन्त्री श्रेष्ठले जानकारी दिने उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताएका छन्।

महर्जनका अनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समयसमेत लिइसकेका छन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ।