काठमाडौं जिल्लाका भेटिएका चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ । उनीहरूमध्ये पनि दुई जना प्रहरी हुन् । एक जना अस्पतालको ल्याबमा काम गर्ने र अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी भएको स्रोतले बताएको छ ।
अर्का संक्रमण पूर्वप्रहरीकी पत्नी हुन् र नेपाल प्रहरी अस्पतालमा नै उपचाररत छिन् । तीनै जनालाई कोभिड अस्पताल, बलम्बु लैजाने तयारी भइरहेको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया