खेलाडीहरुलाई सम्मान गर्दै ‘हजरिया सेवा समाज’


नबराज गिरी
काठमाडौं, पुस २

भोलि पौष ३ गते शनिवार हुने हजरिया सेवा समाजको साधारण सभामा हजरिया सेवा समाजले १३ औ दक्षिण एसियाली खेलकुदको बिभिन्न छेत्रमा पदक हासिल गरि देश कै गरिमा उच्च बनाउने खेलाडीहरुलाई हजरिया सेवा समाजले सम्मान गर्ने भएको छ । हजरिया सेवा समाजको वार्षिक साधारण सभाको अवसर पारेर खेलाडीहरुलाई सम्मान गर्न लागेको संस्थाका अधक्ष्य निराजन खड्काले अनलाइन टिभी नेपाललाई जानकारी दिए।

३०० भन्दा बढी उपस्थीति रहने कार्यक्रममा निखिल उप्रेती, शिव परियार, शिब शंकर रिजाल (जोगिन्दर ), कर्णराज गिरी सम्मको उपस्थिति रहने छ। बिगतका वर्षमा पनि थुप्रैलाई सम्मान गर्दै आइरहेको संस्थाले यसपालि भने खेलाडीहरुलाई सम्मान गर्ने लागेको खड्का बताए । हाम्रो गाउँ ठाउँको खेलाडीहरुको मनोबल उच्च बनाउन र अझै सफलताको कामना गर्न सम्पूर्णलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ।